site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बिनासर्त विपीन जोशीको रिहाइका निम्ति अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय
विपीन जोशी । फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्यालेस्टाइनी लडाकु समूह हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको बिनासर्त रिहाइका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सो समितिको बैठकबाट त्यस्तो आग्रह गर्ने निर्णय गरिएको हो ।

बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले जोशीको बिनासर्त अविलम्ब रिहाइका निम्ति हमासलगायत अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय गरिएको बताए ।

“नेपाली युवा जो इजरायल जानुभएको थियो, विपीन जोशी । हमासले इजरायलमा आक्रमण गर्दा विपीन जोशीलाई बन्धक बनाएको भन्ने छ, तर अहिलेसम्म जानकारी छैन । विपीन जोशीको बिनासर्त अविलम्ब रिहाइको लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ,” उनले भने, “नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन ।”

बैठकबाट समितिको ६ महिनाको भावी कार्ययोजना र कार्य प्राथमिकीकरणका निम्ति नौ सदस्यीय कार्यदल गठन गरिएको पनि उनले जानकारी दिए ।

“त्यो कार्यदल यो समितिको सभापति राजकिशोर यादवको संयोजकत्वमा नौजना समितिका सदस्यहरू छौँ । यो कार्यदलले प्राथमिकीकरण र के–के गर्ने, कुन विषयलाई कहिले राखेर कहिले टुंग्याउने भन्ने निष्कर्ष निकाल्छौँ,” उनले भने ।

कार्यदलमा संयोजक यादवसहित सदस्यमा उदयशमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवलशमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल र सम्झना थपलिया छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro