site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेन्सको पोस्टमा आर्सनलको आधा दर्जन गोल
Tiktok banner adTiktok banner ad

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब लेन्सविरुद्ध ६–० को फराकिलो जित निकालेको छ ।

बुधबार राति घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलका ६ खेलाडी गोल गरे । आर्सनलको जितमा काइ हाभार्ट्ज, ग्याब्रियन जिसस, बुकायो साका, ग्याब्रियन मार्सिनेली, मार्टिन ओडेगार्ड र जोर्गिन्होले गोल गरे ।

जितसँगै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको आर्सनलले समूह ‘बी’मा पाँच खेलबाट १२ अंक जोड्यो । समान खेलबाट पाँच अंकको लेन्स तालिकाको तेस्रो स्थानमा छ ।

बुधबार नै भएको समूह ‘बी’को अर्को खेलमा सेभियाविरुद्ध ३–२ को जित निकाल्दै पीएसभीले पनि अन्तिम–१६ को यात्रा तय गरेको छ । तालिकाको दोस्रो स्थानमा रहँदै नकआउटमा प्रवेश गरेको पीएसभीले पाँच खेलबाट आठ अंक जोडेको छ । समान खेलबाट दुई अंकको सेभिया पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro