कला
काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशन रहने नेपाली कथानक चलचित्र ‘तेल भिसा’ले कलाकार अनुबन्ध गरिसकेको छ । चलचित्रमा विपीन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे, बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ ।
विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं निर्माता रहेको चलचित्रले रिलिज डेट पनि लिएको छ । चलचित्र आगामी वर्षको भदौ २८ मा रिलिज हुनेछ ।
सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयुक्त निर्माण रहने चलचित्र चैतको दोस्रो साताबाट छायांकनमा जानेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १३:४८
प्रतिक्रिया दिनुहोस्