site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्क्वायर होटेलले सम्पन्न गर्‍यो ‘क्रिसमस केक मिक्सिङ’ समारोह

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको स्क्वायर होटेलले ‘क्रिसमस केक मिक्सिङ’ समारोह सम्पन्न गरेको छ ।

सोमबार समाजसेवी तथा माइती नेपालकी सस्थापक अध्यक्ष अनुराधा कोइराला र ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा समारोह सम्पन्न भएको हो । समारोहमा नेपालसहित विभिन्न देशका महिलाको सहभागिता थियो ।

केक मिक्सिङ क्रिसमसको एक महिनाअगाडि सबै क्षेत्रका मानिसहरु भेला भएर क्रिस्चयन समुदायसँग मिलेर मनाउने पर्व रहेको होटेलका जनरल म्यानेजर विकाश पौड्यालले बताए ।  पौड्यालका अनुसार केक मिक्सिङ १७औँ शताब्दीमा युरोपबाट सुरु भएको थियो ।

केक मिक्सिङको लागि बदाम, काजू, किसमिस, खजूर, नेभारा, सुकेको चेरी, पिस्ता, दालचीनी, ल्वाङ, जाइफल, सुकेको अदुवा, मिठाइ फल, प्रुन, ओखर, चिनी, अन्डाको पिठो मिसाइन्छ । त्यसलाई रम, ब्रान्डी, वाइन वा फलफूलको जुस र रक्सीले भिजाइन्छ । केकको मिश्रण हावा बन्द कन्टेनरमा भरिन्छ र कम्तिमा एक हप्तासम्म भिजाउन अनुमति दिइने कार्यकारी सेफ प्रमोद अर्यालले बताए ।

यो प्रक्रिया एकता र कडा परिश्रमको प्रतीक हुने विश्वास रहेको छ ।

image-1701089846.pngimage-(3)-1701089976.png

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro