site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : पहिलो हाफमा झापा र इलाम बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।

खेलको ११औँ मिनेटमा झापाका ओर्गे सान्चेजले अग्रताको सुन्दर अवसर खेर फाले । छिरिङ लामाले राइट साइडबाट निकालेको लामो पासलाई मध्यभागबाट नियन्त्रणमा लिएर अघि बढाए पनि इलामका गोलकिपर विकेश कुथुसँग ‘वान भर्सेस वान’मा गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरियो ।

२९औँ मिनेटमा इब्राहिम जितेले लेफ्ट साइडबाट गरेको सशक्त प्रहार टार्गेटमा रहन नसक्दा स्पोर्टिङ इलामले अग्रता बनाउन सकेन । ४४औँ मिनेटमा अञ्जन बिष्टको हेडर बारमा लागेर फर्किदा झापाले अग्रताको सुन्दर अवसर गुमायो । राइट साइडबाट छिरिङले गरेको क्रसमा १८ यार्ड बक्सभित्रका अञ्जनको सुन्दर हेडर बारमा लागेर फर्किएको थियो ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro