site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामसङले घोषणा गर्‍यो ‘ग्यालेक्सी एआई’

काठमाडौं । प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को दौड चलिरहेका बेला सामसङले ‘ग्यालेक्सी एआई’को घोषणा गरेको छ । कम्पनीले नयाँ पुस्ताको ग्यालेक्सी एस२४ सिरिज सार्वजनिक गर्नुअघि ग्यालेक्सी एआईको घोषणा गरेको हो ।

सामसङले सन् २०२४ मा एस२४ सिरिजका फोन ल्याउने अपेक्षा गरिएको छ । कम्पनीले ग्यालेक्सी एआई पनि आउँदो वर्षको सुरुमा सार्वजनिक हुने जनाएको छ । यो सुविधा सामसङका डिभाइस र त्यस्तै अरूमा पनि उपलब्ध हुने बताइएको छ ।

Dabur Nepal
NIC Asia

ग्यालेक्सी एआईले ‘फोन कल’लाई लाइभ अनुवाद गर्न सक्ने जनाइएको छ ।

एआई लाइभ ट्रान्सलेट कलले प्रयोगकर्तालाई चाहिएका बेला ‘पर्सनल ट्रान्सलेटर’का रूपमा काम गर्नेछ ।

ग्यालेक्सी डिभाइसकै फोनकलसँग एकीकृत गरिएकाले यस्तो सुविधाका निम्ति तेस्रो पक्षको एप चलाइरहन नपर्ने कम्पनीले जनाएको छ ।

यो एआई सुविधाले अडियो र टेक्स्टलाई बोलेलेखेकै बेला लाइभ अनुवाद गर्न सक्नेछ । यसबाहेक विभिन्न अत्याधुनिक सुविधाका साथ सार्वजनिक गरिने ग्यालेक्सी एआईसँगै मोबाइल एआईको नयाँ युग सुरु हुने विश्वास सामसङको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro