site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार महिनामा १६७ वटा घरेलु हिंसाका घटना
प्रतीकात्मक तस्बिर।

चितवन । जिल्लामा पछिल्लो चार महिनामा १६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन ।

दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन् । कुल निवेदनमध्ये १२८ वटा मिलापत्र भएका छन् ।

साथै, २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या ३९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरीरहेको उनले जानकारी दिए ।

यस्तै, कार्यालयको तथ्याङ्कअनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । यस्तै, दुईवटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुव्र्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चारवटा बहुविवाह र एउटा बालविवाहसम्बन्धी उजुरी दर्ता भएका छन् । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro