site stats
बाह्रखरी :: Baahrakhari
देश
सम्पर्कमा नआएका २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर  रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

Police-notice-1700960829.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्