site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रता जोगाउन नसक्दा लिभरपुलसँग रोकियो सिटी
Tiktok banner adTiktok banner ad

काठमाडौं । शीर्ष स्थानको म्यानचेस्टर सिटी अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग १–१ को बराबरीमा रोकिएको छ ।

शनिबार घरेलु मैदान इत्तिहाद रंगशालामा सम्पन्न खेलमा सिटीका लागि हाल्यान्डले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा नाथन एकेको पासलाई पोस्टको दिशा देखाउँदै नर्वेजियन फरवार्डले घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

तर, अन्तिम १० मिनेट सम्हालिन नसक्दा सिटी अंक बाड्न बाध्य बन्यो । ८०औँ मिनेटमा टे«न्ट एलेक्सान्डर–अमोल्डले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । एलेक्सान्डर–अमोल्डले मोहम्मद सलाहको पासमा गोल गरेका थिए ।

बराबरीमा रोकिँदा सिटीले शीर्ष स्थानको अंक दूरी बढाउन अवसर खेर फाल्यो । शीर्ष स्थानको सिटीले १३ खेलबाट २९ अंक जोडेको छ । सिटीलाई पछ्याइरहेको लिभरपुल समान खेलबाट २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro