site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा स्कुल बस दुर्घटना : तीनको मृत्यु, ३९ जना घाइते

काठमाडौं । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

शनिबार उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा पिकनिक खाएर घर फर्कँदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको वा प्र.०५.००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा त्रियुगा नगरपालिका ५ का बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा नगरपालिका ६ का ७ वर्षीया सम्या चौधरी र सोही ठाउका ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । स्कुल बस चालकले गाँउको पिकनिकका लागि भाडामा लगेको खुलेको छ ।

घटनालगत्तै डीएसपी चौधरीको नेतृत्वको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro