site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बढ्दैछ चासो फुड डेलिभरी सर्भिसमा, रेष्टुरेन्टकै मूल्यमा खानेकुरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीमा अनलाइन फुड डेलिभरी सेवामा ग्राहकको रुची बढ्न थालेको छ । खानेकुरा डेलिभरीको व्यवसाय गर्नेहरुका अनुसार विभिन्न परिकारहरु अफिस तथा घरमै अर्डर गरेर खाने ग्राहकको संख्या बढ्दो क्रममा छ । रेष्टुरेन्टकै मूल्यमा आफूले चाहेको खानेकुरा आफ्नै ठाउँमा पाइने भएपछि ग्राहकको संख्या बढेको सम्बन्धित व्यवसायीहरुको भनाइ छ ।

फुडमाण्डु नामक अनलाइन फुड डेलिभरी सेवाप्रदायकका अनुसार उसले हालसम्म डेढ लाखभन्दा बढी ग्राहकलाई खाना, खाजालगायत डेलिभरी गरिसकेको छ । कम्पनीका ब्रान्ड म्यानेजर श्यामरत्न माली फुडमाण्डु नेपालमा खाना डेलिभरी कम्पनीमध्ये सबैभन्दा पहिले स्थापना भएको दावी गर्छन् । उनका अनुसार कम्पनी आफैंले खानेकुरा तयार पार्दैन ।

कम्पनीसँग साझेदारी गरिएका रेष्टुरेन्टहरुबाट काठमाडौं र ललितपुरका क्षेत्रमा खानेकुरा पुर्याउँछ । “हामीले काठमाडौं र ललितपुरका १६० भन्दा बढी रेष्टुरेन्टहरुसँग खाना डेलिभरीको लागि साझेदारी गरेका छौं, जसमा राजधानीमा नाम चलेका बोता मःम, नाङ्लो क्याफे, रोड हाउस क्याफे, आँगन, बाजेको सेकुवालगायत पनि छन्,” माली भन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समय बचत हुने, इच्छाएको समयमा चाहेको रेष्टुरेन्टबाट मन परेको खाना मगाउन सकिने, सवारीसाधन प्रयोगकर्ताको इन्धन बचत हुने आदि फाइदाका कारण ग्राहकहरु अनलाइन फुड डेलिभरी सेवाप्रति आकर्षित हुँदै गएको सम्बन्धित व्यवसायीहरुको भनाइ छ ।

नक्सालस्थित फुडमाण्डुले सेवा प्रवाह सहज बनाउन ललितपुरको झम्सिखेलमा समेत ‘सर्भिस सेन्टर’ स्थापना गरेको बताएको छ । 

Global Ime bank

फुडमाण्डुले रेष्टुरेन्टकै मूल्यमा खाना–खाजा डेलिभरी गर्ने गरेको छ । डेलिभरी शुल्कको रुपमा निश्चित रकम भने उपभोक्ताले तिर्नुपर्छ । दुरीको आधारमा न्यूनतम ५० देखि सय रुपैयाँसम्म डेलिभरी शुल्क लिने गरिएको छ । कम्तीमा चार सय रुपैयाँको अर्डर हुनुपर्ने कम्पनीको नियम छ । अर्डर गरिएको खाना ग्राहक रहेको स्थानमा ४५ मिनेटभित्रमा पुर्याइने फुडमाण्डुका मालीले बताए ।

अर्डरअनुसार कम्पनीले रेष्टुरेन्टमा उपलब्ध विभिन्न खानेकुरा, बेकरी आइटम, मिठाई, अल्कोहल, अग्र्यानिक फलफूल तथा तरकारीलगायत आइटम डेलिभरी गर्दै आएको छ । 

विभिन्न किसिमका ग्राहक

फुड डेलिभरी सर्भिस लिनेहरुमा मुख्यगरी नेपालमा कार्यरत विदेशी कर्मचारी तथा कूटनीतिज्ञहरु छन् । त्यस्तै, विदेशी पर्यटक तथा नेपालकै सेलिब्रेटीले पनि फुडमाण्डुमार्फत् खानेकुरा अर्डर गर्ने गरेका छन् । कर्पोरेट तथा अन्य क्षेत्रका उच्च ओहोदाका व्यक्तिले पनि फुडमाण्डुको सेवा लिने गरेको ब्राण्ड म्यानेजर मालीले जानकारी दिए ।

कसरी गरिन्छ खानाको अर्डर ?

फुडमाण्डुको वेबसाइटबाट खानेकुरा अर्डर गर्न सकिन्छ । त्यस्तै, आईओएस तथा एन्ड्रोइड फोन चलाउनेहरुले एपबाट पनि खानेकुरा अर्डर गर्ने गरेका छन् । फुडमाण्डुको एप चलाउनेको संख्या हरेक वर्ष बढिरहेको मालीले बताए । एप प्रयोगकर्ताको संख्या ३० हजारभन्दा बढी पुगिसकेको उनले जानकारी दिए ।

फोन गरेर पनि खानेकुरा अर्डर गर्न सकिन्छ । 

कम्पनीले फुडमाण्डुको सेवा विस्तार गरेर देशका मुख्य सहरमा पुर्याउने योजना अघि सारेको छ । तत्कालै भक्तपुरमा सेवा विस्तार गर्ने ब्राण्ड म्यानेजर मालीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय