site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोसीमा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक दर्ता, तीनहजार टुक्रे योजना काटियो
Sarbottam CementSarbottam Cement

विराटनगर ।  कोसी प्रदेश सरकारले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रदेश सभामा दर्ता गराएको छ । शुक्रबार सभामा त्यससम्बन्धी सूचना दर्ता गराइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सभाको भोलि बस्ने बैठकमा विधेयक टेबुल हुने छ । 

सबै मन्त्रालयका लागि २५ लाखभन्दा माथिका कार्यक्रम मात्र समेटिएको छ । संघको कार्यक्रमबाहेक यसअघि विनियोजन भएका २५ लाख तलका कार्यक्रम कटौती गरिएको आर्थिक मामिलामन्त्रीसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले जानकारी दिएका छन् ।

उनले भने, "प्रदेशले वितरण गरेको बजेटको आफ्नै हैसियत होस भनेर सानाभन्दा पनि प्रदेशको स्तर झल्काउन खोजिएको हो ।"

Prabhu Bank
Agni Group
NIC Asia

साना र खुद्रा भन्दा पनि परिणाम दिने योजनालाई प्राथमिकता दिइएको मुख्यमन्त्री कार्कीले बताए । 

शनिबार टेबुल भएपछि मुख्यमन्त्रीको मन्तव्यसहित प्रतिस्थापन विधेयक सदनमा पेस हुने छ ।

Global Ime bank

संघीय सरकारका कतिपय कृषि अन्तरगतका कार्यक्रम भने कायमै रहेको बताइएको छ ।

"कार्यान्वयनमा जान सम्झौता नभएको बाहेकका टुक्रे कार्यक्रम हटाइएको छ," कार्कीले भने, "बजेटमा आर्थिक अनुशासन कायम गराउन तीनहजार भन्दा बढी टुक्रे योजना कटौती गरेका छौँ । प्रदेशले ल्याउने कार्यक्रम प्रदेशकै हैसियतमा ल्याएका छौँ । "

विभिन्न दलका सांसदहरूले  समेत २५ लाख र त्यसमाथिका योजना छनोट गर्नु र कार्यान्वयन गर्नु सकारात्मक भएको बताएका छन् ।  बजेटमा समावेश गरिएका कार्यक्रमले प्रदेशको इज्जत बढेको देखिएको कांग्रेस सांसद गयानन्द मण्डलले बताए ।

उनले भने, "पहिले वडाकै हैसियतमा साना कार्यक्रम आउँथे अहिले त्यो परिवर्तन हुनु सकारात्मक हो ।"

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए । पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालुतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय