राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा बिहीबार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंले कार्यक्रममा सम्बोधन गरेपश्चात् त्यहाँ प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।
प्रसाईंका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको घेरा तोडेर जान लागेका प्रदर्शनकारीलाई रोक्न अश्रु ग्यास र पानीको फोहोरा हानेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १४:१८
प्रतिक्रिया दिनुहोस्