site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको ध्यान नागरिकमा भन्दा धेरै सत्तालिप्सामा देखिन्छ : प्रदीप पौडेल
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । जाजारकोट भूकम्प पीडितको अस्थायी टहरा बनाउन पुगेका सांसद प्रदीप पौडेलले सरकारसँग भूकम्पपीडितको जीवन रक्षाको माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले चिसो बढ्दै गएको र बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बनेको उल्लेख गरेका छन् ।

“धेरै जसो परिवारसँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थायी टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन,” पौडेलले लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई दिने भनिएको ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउन पनि माग गरेका छन् ।

“घोषणा गरेको सहयोग रकम अझैसम्म पनि भूकम्पपीडित जनताको हातमा पर्न सकेको छैन । यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ,” उनले लेखेका छन्, “एक त सहयोगका लागि धेरै नै ढिला भइसकेको छ भने, अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्तालिप्सामा देखिन्छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement