site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनाको प्रशिक्षण छोड्ने मनसायमा स्कालोनी

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले राष्ट्रिय टिमको जिम्मेवारी छोड्न सक्ने बताएका छन् । बुधबार ब्राजिलविरुद्ध उसैको मैदानमा १–० को जित निकालेपछि स्कालोनीले राष्ट्रिय टिमको जिम्मेवारी छोड्ने विचार गरिरहेको बताएका हुन् ।

४५ वर्षीय स्कालोनी पाँच वर्षअघि अर्जेन्टिनाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । स्कालोनीले कतार विश्वकपमा आफ्नो टिमलाई च्याम्पियन बनाएका थिए । उनले अर्जेन्टिनी टिमलाई सन् २०२१ को कोपा अमेरिकाको उपाधि समेत दिलाएका थिए ।

“अर्जेन्टिनालाई यस्तो प्रशिक्षकको आवश्यकता छ, जोसँग जोस र राम्रो गर्न सक्ने क्षमता होस्,” स्कालोनीले भने, “मैले अब यसबारे सोच्नुपर्छ । यसको अर्थ अहिले नै छोडिहाल्छु भन्ने होइन । तर, अब मैले सोच्न आवश्यक छ । किनकि, पछिल्लो समय यो राष्ट्रिय टिमसँग चलिराख्न र जित यात्रा कायम राख्न मुस्किल बन्दै गएको छ ।”

स्कालोनी २०१८ मा जर्ज साम्पाओलीको स्थानमा अर्जेन्टिनी टिमको जिम्मेवारीमा आएका थिए । त्यसअघि, उनी अर्जेन्टिनाको यू–२० टिमको जिम्मेवारीमा थिए ।

स्कालोनीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्वकपको उपाधि दिलाएका थिए । गत वर्ष कतारमा भएको विश्वकपमा अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro