site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसएलको विजेताले कम्तीमा ७० लाख पाउने, समर्थकले साथ दिए एक करोड !

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको विजेताले कम्तीमा ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

बुधबार प्रतियोगिताको तयारीबारे जानकारी गराउन आयोजित पत्रबार सम्मेलनमा एनएसएलका निर्देशक श्रेयान्स कार्कीले विजेताले कम्तीमा ७० लाख पाउने र समर्थकको साथ रहे यो राशि एक करोडसम्म पुग्ने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“प्रतियोगिताको विजेतालाई कम्तीमा पनि ७० लाख रुपैयाँ पुरस्कार हुने छ । नेपाली समर्थकले साथ दिए यो एक करोड रुपैयाँसम्म पुग्ने छ,” प्रतियोगिताका निर्देशक कार्कीले भने ।

प्रतियोगिताको दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुने भए पनि हालसम्म पुरस्कार राशि भने खुलाइएको छैन ।

मंसिर ८ गतेदेखि पुस १४ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ९ टिम सहभागी छन् ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro