site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरका मुख्य प्रशिक्षक इयान भन्छन्– एनएसएल नेपाली फुटबलका लागि अवसर हो
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुर सिटी एफसीका मुख्य प्रशिक्षक इयान गिलाले नेपाल सुपर लिग (एनएसएल) नेपाली फुटबलका लागि अवसर भएको बताएका छन् ।

प्रतियोगिताको दुई दिनअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक गिलाले एनएसएल हुनु राम्रो भएको र यसले नेपाली फुटबलको स्तर बढाउन सघाउने बताए ।

“यो नेपाली फुटबलका लागि यो अवसर हो । म नेपाली टिमका खेलाडी अनन्त र अरू तीनजना खेलाडीलाई प्रशिक्षण दिन पाउँदा खुसी छु । यहाँ भएका सबै प्रशिक्षकलाई जितको दबाब छ,” उनले भने, “सबै टिमसँग प्रतियोगिता जित्न आफ्नै योजना छ । प्रतियोगिताको कुनै पनि खेल सहज हुने छैन । कुनै पनि प्रतियोगितामा सात दिन आराम हुँदा राम्रो हुन्छ । तर, यो प्रतियोगितामा दुई–तीन दिनमात्र छ । तर, एनएसएलको दोस्रो संस्करण हुँदै छ । यो हुनु नेपाली फुटबलका लागि राम्रो हो । यसले नेपाली फुटबलको स्तर बढाउन सहयोग गर्दछ ।”

यस्तै, क्लबका मार्की खेलाडी अनन्त तामाङले प्रतियोगिता प्रतिस्पर्धा बन्ने आशा व्यक्त गरे ।

“प्रतियोगिता उपाधि जित्न धेरै मेहनत गर्न पर्छ । सबै क्लबले क्वालिटी खेलाडी ल्याएका छौँ । प्रतियोगिता प्रतिस्पर्धात्मत हुने आश छ । हामी जितका लागि सतप्रतिशत दिने छौँ,” अनन्तले भने ।

मंसिर ८ गतेदेखि पुस १४ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ९ टिम सहभागी छन् । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro