site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुन्डानाइके बस्न्यातमाथि कारागारभित्र बढाइयो निगरानी
फाइल तस्बिर ।

काठमाडौं । गुन्डानाइके समीरमान सिंह बस्न्यातमाथि कारागारभित्र निगरानी बढाइएको छ । गोली हानी निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा दोषी ठहर उनी जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

०७४ असोज २३ गते गौचनको हत्या गरिएको थियो । सोही वर्ष मंसिरमा उनी पक्राउ परेका थिए । गएको असारमा मात्र काठमाडौं जिल्ला अदालतबाट उनीसहित काले भनिने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

बस्न्यात गौचन हत्याका मुख्य योजनाकार हुन् । राना सुटर हुन् । जन्मकैदको फैसलापछि बस्न्यात समूहले जेलभित्रबाट अवैध धन्दा चलाउन सक्ने भन्दै कारागार प्रशासनले निगरानी बढाएको स्रोतको भनाइ ।

Dabur Nepal
NIC Asia

कारागार स्रोतले बाह्रखरीसित भन्यो, “गोलघरमै त राखेका छैनौँ, तर अरू कैदीहरूको तुलनामा हामीले उनीहरूमाथिको निगरानी बढाएका छौँ । उसको गतिविधि हेरिरहेका छौँ । उनलाई भेट्न आउनेहरू समेत निगरानीमै हुन्छन् ।”

बस्न्यातलाई भेट्न जाने मानिसको विवरण राख्नेदेखि उनले बाहिर फोन गर्दा समेत प्रशासनकै निगरानीमा मात्र गर्ने व्यवस्था मिलाइएको छ ।

समीरलाई हाल सुन्धारा कारागारको भद्र बन्दीगृहमा राखिएको छ । उनकै श्रीमती माया शेरचन समेत सुन्धारा कारागारभित्र छिन् । सोही घटनामा मतियारको अभियोगमा मायालाई अदालतले १० वर्ष कैद सजायको फैसला गरेको हो ।

गौचन हत्या अभियोगमा प्रहरीले २४ जनामाथि मुद्दा दायर गरेको थियो । तीमध्ये ६ प्रतिवादीलाई अदालतले सफाइ दिएको थियो ।

विभिन्न आपराधिक गतिविधिमा संलग्न रामेछापका सुजन पौडेल उर्फ रमेश बाहुन जेलमुक्त भएपछि समीरको गतिविधिमा समेत निगरानी बढाइएको हो ।

हाल सुन्धारा कारागारभित्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत खटिएको छ । प्रहरीले बाहिर हुँदा समेत निगरानी बढाएपछि रमेश बाहुन नेपाल छोडेर विदेशिएका छन् । उनी दुबई पुगेका बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro