site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिसोले जाजरकोटमा एकमहिने शिशुको मृत्यु
फाइल तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

जाजरकोट । चिसोका कारण जाजरकोटमा एकमहिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको मृत्यु हो ।

भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

Agni Group

चिसोका कारण जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ दीर्घरोगी र वृद्धवृद्धाको मृत्यु भएको छ ।

गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ । ३४६ जना घाइते भएका छन् ।

Global Ime bank

भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रूपमा र ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu