site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चोभार सुक्खा बन्दरगाह निजी कम्पनीलाई सञ्चालन गर्न दिने तयारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न पाँच वर्षका लागि निजी कम्पनीलाई दिने तयारी भएको छ । दुई करोड ८८ लाख रुपैयाँमा ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीसँग सम्झौता हुन लागेको हो ।

सम्झौता कार्तिकभित्रै हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“छनोट खरिद नियमावलीबमोजिम नै भएको हो । दुई कम्पनीले आवेदन दिएका थिए,” उनले भने, “कम्पनी छनोटको काम भइसकेको छ । अब यो कम्पनीसँग सझौता हुन बाँकी छ । यही महिना यो काम सकिने छ ।”

न्यू नेपाल ढुवानी सेवा र ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीले सार्वजनिक खरिद नियमावली अनुसार बोलकबोलमा भाग लिएका थिए ।

Global Ime bank

यो सुक्खा बन्दरगाह एक अर्ब ५४ करोड रुपैयाँ लागतमा बनेको हो । तर, यो बन्दरगाहबाट व्यावसायिक कारोबार हुन सकेको छैन । निजी कम्पनीलाई जिम्मेवारी दिएपछि सरकारको आम्दानी बढ्नुका साथै मेन्टनेन्स खर्च पनि जोगिने गजुरेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय