site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले गर्‍यो लेबनानको नाबातीहमा २००६ को युद्धपछि पहिलोपल्ट आक्रमण

काठमाडौं । इजरायलले लेबनानको दक्षिणी सहर नाबातीहमा सन् २००६ को युद्धपछि पहिलोपटक आक्रमण गरेको छ । २००६ जुलाईको युद्धपछि पहिलोपटक इजरायली ड्रोनबाट लेबनानको दक्षिणी सहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको हो ।

ड्रोनबाट टुल र कफोरबीचको सडकमा रहेको स्थानीय एल्मुनियम कारखानामा दुई मिसाइल प्रहार गरिएको थियो । कारखानाका केही भाग ध्वस्त भए पनि कुनै चोटपटक र मानवीय क्षति नभएको बताइएको छ ।

नाम नखुलाउने सर्तमा स्रोतले इजरायली युद्धक विमान, हेलिकोप्टर र ड्रोनबाट दक्षिणी गाउँ ब्लिडा, ऐतारोन, ऐता अल–शाब, माजदेल जुन र नाकुरामा १० हवाई आक्रमण गरिएको र भौतिक क्षति भएको संकेत गरेका छन् ।

इजरायलमा हमासको आक्रमणको समर्थनमा हिजबुल्लाहले अक्टोबर ८ मा शेबा फार्ममा दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा ६ हप्तादेखि तनाव बढेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu