देश
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
उनलाई घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ । रासस
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० २०:५३
प्रतिक्रिया दिनुहोस्