site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाँच ओभर नपुग्दै अस्ट्रेलियाले गुमायो दुई विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले सुरुआती पाँच ओभरभित्रै दुई विकेट गुमाएको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारतले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले ४.३ ओभरमा मिचेल मार्सलाई दोस्रो विकेटको रूपमा गुमाएको हो । मार्सले टिमको खातामा १५ रन थपे । त्यसअघि अस्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर डेविड वार्नरलाई पहिलो विकेटको रूपमा गुमाएको थियो । 

जारी खेलको पाँच ओभर समाप्त हुँदा अस्ट्रेलियाले दुई विकेट गुमाएर ४१ रन बनाएको छ ।

त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्