site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला ट्वान्टी–२० सिरिजमा नेपाल तेस्रो
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका निम्ति पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ र कप्तान इन्दु वर्माले १२ रन बनाइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिए ।

११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका निम्ति अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।

Global Ime bank

बलिङतर्फ नेपालकी संगीता राई, इन्दु वर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक एक विकेट लिए ।

महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय