site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ । सत्तासाझेदार दल  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आइतबार मधेस प्रदेश सरकारबाट बाहिरिएका छन् । त्यससँगै जसपा, नेपालले पनि केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको हो ।

उक्त पार्टीको सोमबार (भोलि) केन्द्रीय समितिको बैठक बोलाइएको छ । सोही बैठकमा सरकारबाट बाहिरिने निर्णय लिइने एक नेताले बताए ।

जसपा, नेपालका प्रवक्ता मनीष सुमनले भने पछिल्लो राजनीतिक परिस्थितिका विषयमा बैठकबाट निर्णय लिइने जानकारी दिए । “भोलि केन्द्रीय समितिको बैठक बस्दै छ,” उनले बाह्रखरीसित भने, “अब कसरी अघि बढ्ने भन्ने भोलिको बैठकले निर्णय गर्नेछ ।”

जसपा, नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री र दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री छन् ।

जसपा, नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने विभाजित पार्टी जसपामा आबद्ध भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro