काठमाडौं । टोखास्थित शोभाभगवती क्लबको पहलमा सञ्चालित किकस्टार्ट टोटनहम खुला ट्रायल सम्पन्न भएको छ ।
दुईसम्म सञ्चालित छनोटमा कुल ३५ सयभन्दा धेरै खेलाडीको सहभागिता थियो । छनोटको पहिलो दिन १८ सय र दोस्रो दिन १७ सयभन्दा धेरै खेलाडी सहभागी भएका हुन् । नेपालमा भएको फुटबल ट्रायलमा यति धेरै संख्यामा सहभागी भएको यो पहिलोपटक हो ।
च्यासलस्थित एन्फा फुटबल मैदानमा छनोटको पहिलो दिन चार उमेर समूहका १८ सयभन्दा धेरै खेलाडी सहभागी भएका थिए । शनिबार यू–११, यू–१३, यू–१५ र यू–१६ गरी चार उमेर समूहका खेलाडी छनोट गरिएको थियो । दोस्रो दिन आइतबार यू–१७, यू–१८, यू–१९ र यू–२१ गरी चार उमेर समूहका नै खेलाडी छनोट गरियो । छनोटबाट एक दर्जनभन्दा धेरै खेलाडी टोटनहमको क्षेत्रीय एकेडेमी किकस्टार्टमा प्रशिक्षणको पहिलो चरणका निम्ति छानिएका छन् ।
छनोट भएकाले टोटनहमको क्षेत्रीय एकेडेमी किकस्टार्टसँग तालिम लिने अवसर पाउनेछन् । उनीहरूले क्षेत्रीय एकेडेमीबाट टोटनहमका उच्चस्तरका खेलाडीसँग प्रशिक्षण गर्ने अवसर समेत पाउने आयोजकले जानकारी गराएको छ ।
छनोटका निम्ति टोखा नगरपालिकाको विशेष सहयोग थियो ।