site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चीनमा पदक जितेका खेलाडीलाई उसु महासंघले सम्मान गर्ने 

काठमाडौं । चीनमा यही वैशाख दोस्रो साता भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक विजेता खेलाडीलाई उसु महासंघ नगदसहित सम्मान गर्ने भएको छ । महासंघले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा पदक जितेका ६ खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको हो ।

अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा वैशाख दोस्रो साता सम्पन्न प्रतियोगितामा नेपालले दुई रजत र चार कास्यसहित कुल ६ पदक जितेको थियो ।

Dabur Nepal
NIC Asia

रजत विजेता खेलाडीलाई जनही १० हजार र कास्यपदक विजेतालाई सात हजार रुपैयाँसहित आउँदो शनिबार बौद्धमा सम्मान गरिने महासंघका महासचिव ल्हाक्पा छिरी लामाले जानकारी दिए ।

नेपालले सान्सौँ विधातर्फ एकलमा दुई रजत र दुई कास्यपदक जितेको थियो । थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान एक कास्यपदक जितेको थियो । सान्सौँ विधाको पुरुष ८० केजी तौल समूहमा सञ्जीव महर्जन र सोही विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले रजतपदक जितेका थिए ।

सञ्जीव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन् । स्वर्णपदक ल्याउन नसके पनि सञ्जीव र विद्या दुवै आउँदो नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौँ विश्वकपमा छनोट हुन सफल भएका छन् ।

फाइनल पुग्नुअघि विद्याले बंगलादेशी खेलाडी मोस्ट शिखा खातुनलाई सेमिफाइनलमा ११–३, ७–३, १२–१, १०–५ र ४–१ ले हराएकी थिइन् ।  सञ्जीवले भने सेमिफाइनलमा सेनेगलका खेलाडीलाई स्तब्ध पारेका थिए ।

प्रतियोगितामा नेपालका तर्फबाट सर्वाधिक ९.६६३ स्कोर प्राप्त गरी दीपक हमालले कास्यपदक जितेका थिए । १८ राष्ट्रका खेलाडी सहभागी थाउलोको नानछ्वान इभेन्टमा दीपकले कास्यपदक जितेका हुन् । उनी आउँदो अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका निम्ति छनोट भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro