site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीले हिलाम्य बुटवल

काठमाडौं । मध्यरातमा अचानक लेदोसहित आएको बाढी बुटवलका विद्यालय, उद्योग र दर्जनौँ घरमा पसेको छ । रुपन्देहीको बुटवलमा शनिबार मध्यरातदेखि अविरल वर्षा भएको थियो । लामो समयपछिको वर्षाले किसानलाई भने केही राहत भएको छ ।

मध्यरातमा ज्योतिनगर हुँदै लेदोसहितको बाढी नाली र नहरबाट बस्ती, विद्यालय र उद्योगमा पसेको हो । बुटवलका व्यस्त बजार क्षेत्र अमरपथ, विकासपथ, हाटबजारलाइनलगायत सडकमा हिलो र पातपतिंगर भरिएपछि डोजर लगाएर सफा गरिएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिकाको कार्यालय, पश्चिम नेपाल बस व्यवसायी समितिको प्रधान कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयका फर्निचर, कागजात र लत्ताकपडामा क्षति भएको छ ।

बुटवलका दर्जनौँ पसलमा बाढी पसेर लाखौँ रुपैयाँबराबरको क्षति भएको व्यापारीले बताएका छन् । नाला साँघुरिँदै जाँदा बाढी बस्तीमा पसेको स्थानीय व्यापारीको भनाइ छ ।

उपमहानगरपालिकाको दमकलमा पानी ल्याएर डोजरको सहायतामा फोहोर सरसफाइ गरिएको बुुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

यो क्षेत्रमा डुबान हुने गरे पनि अहिलेजस्तो हिलो कहिल्यै नभएको बुटवल–५ का वडाध्यक्ष हरि श्रेष्ठले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro