site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोटमा चिसोले थप तीनजनाको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीनजनाको मृत्यु भएको छ ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

Dabur Nepal
NIC Asia

डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण उनको ज्यान गएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

मनसरी दमका दीर्घरोगी भएको र त्रिपालभित्र चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

यसअघि, गएको साता भेरी नगरपालिका, नलगाड र बारेकोटमा गरी चिसोका कारण चार दीर्घरोगीको मृत्यु भएको थियो । एक साताभित्रै चिसोले सात वृद्धवृद्धाको ज्यान गइसकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro