site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिना एक वर्षपछि पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा एक वर्षपछि हार व्यहोरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा शुक्रबार अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको हो ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सस्थित स्टाडियो अल्बर्टो जे मुफामा भएको खेलमा पाहुना टिमका रोनाल्ड अराउहो र डार्विन नुनेजले समान एक गोल गरे । उरुग्वेले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ४१औँ मिनेटमा अराउहोले गोल गर्दै उरुग्वेलाई अग्रतामा राखेका थिए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा नुनेजले पाहुना टिमको अग्रतालाई दोब्बर बनाएका थिए ।

गत वर्ष कतारमा भएको विश्वकपयता अर्जेन्टिनाको यो पहिलो हार हो । यसअघि, अर्जेन्टिना कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको थियो ।

Global Ime bank

दक्षिण अमेरिकी छनोटमा हारका बाबजुद अर्जेन्टिना पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट १० अंकको उरुग्वे दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय