site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया फाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलियाले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

बिहीबार कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाको जितमा ओपनर ट्राविस हेडले ६२ रन बनाए । स्टिभ स्मिथले ३०, डेविड वार्नरले २९, जस इङ्लिसले २८, मार्नुस लाबुसचेन्जले १८, मिचेल स्टार्कले १६ र कप्तान प्याट कुमिन्सले १४ रन बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जर र तबरेज साम्सीले समान दुई विकेट लिए । कगिसो रबाडा र आइदेन मार्करम र केशव महारेजले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २१२ रनको योगफल खडा गरेको थियो ।

Global Ime bank

दक्षिण अफ्रिकाका डेविड मिलरले १०१ रन बनाए । उनले ११६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । ४-२४ को कठिन अवस्थामा रहँदा मिलरले हेनरिक क्लासेनसँग ९५ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ उकासेका थिए ।

हेनरिक क्लासेनले ४७ रन थपे । गेराल्ड कोएट्जीले १९ रन जोड्दा कगिसो रबाडा र आइदेन मार्करमले समान १० रन थपे ।

अस्ट्रेलियाका प्याट कुमिन्स र मिचेल स्टार्कले समान तीन विकेट लिए । जस हेजलउड र ट्राविस हेडले दुई/दुई विकेट लिए ।

अब अस्ट्रेलियाले उपाधिका निम्ति घरेलु टोली भारतसँग खेल्नेछ । यसअघि, भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  २२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement