site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'टिकटकमा प्रतिबन्ध देश र जनताको हितमा छ, विरोध गर्नुको तुक छैन'

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटकमाथिकोको प्रतिबन्ध देश र जनताको हितमा रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत यादवले टिकटकमाथिको प्रतिबन्ध समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताएका छन् । 

"सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा छ । समाजभित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन," उनले भनेका छन् ।

उनले विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरूबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पुर्‍याउने काम भइरहेकाले टिकटकलाई बन्द गरेर सरकारले निकै राम्रो काम गरेको बताएका छन् । 

"लामो समयदेखि टिकटकमार्फत भ्रम सिर्जना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका केही व्यक्तिले सरकारको यो कदमको विरोध गरिरहेका छन् । टिकटकमार्फत भ्रम सिर्जना गराउने, सस्तो लोकप्रियताका लागि प्रचार गराउनेहरूले यसको विरोध गरिरहेका छन्," उनले भनेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro