site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९, एसमोडमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवंम् डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माझडाँडाको बुलिङटारबाट कावासेती आउँदै गरेको नु२ज ३२७० नम्बरको जीप आइतबार बिहान साढे ११ बजे दुर्घटना भएको उनले बताए ।जीप तीव्र गतिका कारण दुर्घटना भएको उनले बताए ।

डीएसपी पौडेलका अनुसार जीपमा सात जना सवार थिए । गम्भीर घाइते भएका एक पुरुषको उपचारका लागि चितवन पठाइएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्