site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तिहारमा यस्तो हुनेछ मौसम
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा शनिबार हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशबाट मनसुन बाहिरिएयता नेपालमा पश्चिमीको वायुको आंशिक प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । शनिबार भने पश्चिमी वायुको सामान्य प्रभाव देखिएको उनले बताए ।

‘पोस्ट मनसुन’मा पानी नपर्ने भन्ने नहुने उनले स्पष्ट पारे । “आज काठमाडौंसहित केही स्थानमा हल्का वर्षा भएको छ, भारी होइन,” उनले बाह्रखरीसित भने, “पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पोस्ट मनसुनमा पानी नपर्ने भन्ने हुँदैन ।”

Agni Group
NIC Asia

उनका अनुसार यो तिहार अवधिमा काठमाडौंसहित अधिकांश भूभागमा ठूलो वर्षाको सम्भावना छैन । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने उनले बताए । 

“पहाडी भूभागमा बदली रहने देखिन्छ । हल्का वर्षाको सम्भावना छ,” मौसमविद् झाले भने, “त्यो क्षणिक हुन्छ । छिटपुट मात्र हुन्छ । ठूलो र धेरै बेर हुँदैन ।”

Global Ime bank

तिहारमा मौसमले असर गर्नेजस्तो सम्भावना नरहेको उनले स्पष्ट पारे । भाइटीकाका दिन पनि मौसम समस्यायुक्त नहुने उनको भनाइ छ ।

“आजको दिनबाट हेर्दा भाइटीकाको दिन पनि मौसमले समस्या हुन्छ जस्तो देखिँदैन । पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि त्यो असरै गर्ने किसिमको नहोला,” उनले भने ।

तिहार अवधिमा अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने भएकाले चिसो बढ्ने उनले बताए । तराई भूभागमा वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए ।

शनिबार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका केही स्थानमा पनि वर्षा भएको उनले बताए ।

शनिबारै साँझ महाशाखाले तिहार विशेष मौसम बुलेटिन प्रकाशन गरेको छ । बुलेटिनमा तिहार अवधिमा कोसी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने उल्लेख छ । यी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा जनाइएको छ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । तिहार अवधिमा अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाको तिहार विशेष मौसम बुलेटिन पढ्नोस्–
यस वर्ष तिहारको चतुर्दशी (२६ गते), औँसी (२७ गते), प्रतिपदा (२८ गते) र द्वितीया (२९ गते)का दिनहरूमा देशको कोसी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ ।

पुनश्चः भूकम्प प्रभावित सुदूरपश्चिम, कर्णाली प्रदेशहरूका पहाडी भूभागमा आगामी केही दिनहरूमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिन्छ । साथै, उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना देखिन्छ । साथै, उक्त दिनहरूमा उक्त प्रदेशहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu