site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जाजरकोटबाट फर्किएपछि कांग्रेस महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे पत्र
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्नेलगायत ११ बुँदे सुझावसहितको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् ।

भूकम्प प्रभावित जाजरकोटबाट फर्किएलगतै शनिबार बालुवाटार पुगेर थापा र शर्माले चिसो बढ्दै गएको अवस्थामा त्यहाँको जनजीवन थप कष्टकर हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । आउँदो मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सकाउन उनीहरूले आग्रह गरे ।

Agni Group
NIC Asia

अस्थायी आवास युद्धस्तरमा बनाउन सरकारले तत्काल प्रत्येक प्रभावित परिवारलाई न्यूनतम ४० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउन उनीहरूले आग्रह गरे । सो रकम तिहारलगत्तै सम्बन्धित परिवारको हातमा पुग्ने बन्दोबस्त मिलाउन आग्रह गरिएको महामन्त्री थापाले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा आफ्नो रुचिको आकारमा घरभवन निर्माण गर्न चाहनेका निम्ति बैंकिङ प्रक्रियामार्फत ‘सफ्ट लोन’को सहजीकरण गर्ने निर्णय सरकारले गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

Global Ime bank

सांसद विकास कोष कार्यक्रमका निम्ति सरकारले बजेटमा छुट्ट्याएको आठ अर्ब रुपैयाँभन्दा बढी रकम तुरुन्त परिचालन गर्न आग्रह गरिएको थापाले जानकारी दिए ।

यस्तै, शर्माले भूकम्पपछिको उद्धारमा सरकारले निकै राम्रो काम गरेको बताए । राहतको काममा भएका कमी–कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।

उनले आफूहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत र पुनःस्थापनाका कामका बारेमा जानकारी लिएको बताए ।

थापा र शर्माले भूकम्पबाट दर्जनौँ स्वास्थ्य संस्थामा क्षति पुगेको अवस्थामा बिरामीले सहज उपचार पाउने वातावरण बनाउन खोप, पोषण, प्रसूतिलगायत सेवा प्रवाहका निम्ति विशेष संयन्त्रको आवश्यकता औँल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu