विदेश
किएभ । मध्य किभमा दुई शक्तिशाली विस्फोटको आवाज सुनिएको किभस्थित एएफपीका रिपोर्टरले शनिबार बिहान बताएका छन् ।
“राजधानीको बायाँ किनारामा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । प्रारम्भिक जानकारीअनुसार हवाई प्रतिरक्षाले ब्यालेस्टिक हतियारविरुद्ध काम गरेको छ,” किभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा लेखेका छन् ।
अहिलेसम्म कोही व्यक्ति घाइते भएको खबर प्राप्त नभएको उनले बताए ।
युक्रेनको राजधानीमा लामो समयको शान्तिपछि उक्त आक्रमण भएको हो । गएको सेप्टेम्बर २१ मा एयर डिफेन्सले किभमा क्षेप्यास्त्र खसालेको थियो । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १४:३५
प्रतिक्रिया दिनुहोस्