site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंका क्रिकेटलाई आईसीसीले गर्‍यो निलम्बन
फाइल तस्बिर।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल बोर्डले श्रीलंका क्रिकेट (एसएलसी)को आईसीसी सदस्यता निलम्बन गरेको छ । आईसीसीले तत्काल लागु हुने गरी श्रीलंका क्रिकेटलाई निलम्बन गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार राति जारी विज्ञप्तिमा आईसीसीले एसएलसीले सदस्यको रूपमा आफ्नो दायित्वहरू उल्लङ्घन गरेको बताएको छ । विशेष गरी आफ्नो मामिलाहरू स्वायत्त र सरकारी हस्तक्षेपबिना व्यवस्थापन गर्न नसकेको आईसीसीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

“निलम्बनको सर्तहरू आईसीसी बोर्डले समयमै तय गर्नेछ,” आईसीसीले विज्ञप्तिमा भनेको छ । आईसीसीको बोर्ड बैठक नोभेम्बर २१ मा बस्दै छ । त्यसपछि, आगामी कार्यदिशा स्पष्ट हुने अपेक्षा गरिएको छ ।

श्रीलंकाले जनवरी र फेब्रुअरी २०२४ मा आईसीसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप आयोजना गर्ने तालिका छ ।

श्रीलंकाको पुरुष टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ मा बिर्सनलायक समय बिताएको छ । आफ्ना नौ खेलमा मात्र दुई खेल जितेर उसले चार अंक जोडेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro