site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ । कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्तीमगर र दिपेश तिमल्सैना जैसी रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश समितिका सहइन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २३:५०
प्रतिक्रिया दिनुहोस्