site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको भारुसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापामा एकजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६, भन्सार गेटबाट भारतको ठानाचोक, केबुलटोलका ६२ वर्षीय जैनुल हकलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको तीन लाख २० हजार भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको भारतीय ५०० दरका ५००, २०० का २०० र १०० का नोट ३०० थानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त भारतीय रुपैयाँसहित आवश्यक कारबाहीका निम्ति उनलाई इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro