देश
काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० ०७:०९
प्रतिक्रिया दिनुहोस्