अर्थ व्यवसाय
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयर धनीलाई चुक्तापुँजीको १३.६८४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहितका लागि ०.६८४२ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीले लाभांश प्राप्त गर्ने छन् ।
हाल कम्पनीको चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । बोनस सेयरपछि कम्पनीको चुक्तापुँजी १० करोड ७६ लाख पुग्ने छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १९:१४
प्रतिक्रिया दिनुहोस्