देश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले सोमबार (२२ कात्तिक)देखि तय भएको युरोप भ्रमण स्थगित गरेका थिए । फाइल तस्बिर
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० ०७:०९
प्रतिक्रिया दिनुहोस्