site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

Dabur Nepal
NIC Asia

कार्यदलले काम सुरु गरेको एक महिनाभित्र प्रतिवेदन बुझाउने छ ।

कार्यदलले गाँजालाई औषधिका रूपमा उपयोग गर्न सकिनेबारे र गाँजाबाट औद्योगीकरणको सम्भाव्यताबारे अनुसन्धान गर्ने छ । कार्यदलले गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिनेबारे पनि अनुसन्धान गर्ने छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने घोषणा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro