site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्प प्रभावितलाई सिबिफिनले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने
Argakhachi Cement Island Ad

काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावितलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले १० लाख रुपैयाँ आर्थिक सहायता गर्ने भएको छ । सिबिफिनले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई आर्थिक साहयता उपलब्ध गराउने जानकारी दिएको हो ।

"भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनको तर्फबाट तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्दछौँ," विज्ञप्तिमा उल्लेख छ ।   

सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिबारे जानकारी लिएको पनि बताएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्