site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोटमा ३११ परकम्प, पश्चिम नेपालमा एक वर्षमा चार मझौला भूकम्प
जाजरकोटको बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको लिम्सामा भूकम्पले क्षति पुर्‍याएको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा । तस्बिर : हेमन्त केसी/रासस ।

काठमाडौं । गएको शुक्रबारको भूकम्पपछि जाजरकोटमा निरन्तर परकम्प मापन गरिएको छ । आइतबार बिहान १० बजेर ३५ मिनेटसम्म जाजरकोटमा ३११ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेतस्थित कार्यालयले जानकारी गराएको छ ।

यीमध्ये चार म्याग्निच्युडदेखि माथिका ६ परकम्प मापन गरिएको सो कार्यालयका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

Dabur Nepal
NIC Asia

चार म्याग्निच्युडदेखि माथिका ६ परकम्पमध्ये ‘ठूलो’ शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का रहेको उनले बताए ।

केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४.२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४.३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

यस्तै, शनिबार बिहान ४ बजेर १६ मिनेटमा जाजरकोटमै ४.६, शनिबारै दिउँसो ३ बजेर ४० मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.२ र आइतबार बिहान १ बजेर २२ मिनेटमा जाजरकोटमै ४ म्याग्निच्युड परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मुख्य भूकम्पपछि सो क्षेत्रका सबै धक्का परकम्प हुन् ।

भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख तामाङका अनुसार पछिल्लो एक वर्षमा पश्चिम नेपालमा चार ‘मझौला भूकम्प’ गएको छ । ६ देखि ७ म्याग्निच्युडसम्मका धक्कालाई मझौला भूकम्प भनिने उनले बताए । ७ देखि ८ भन्दा मुनिलाई ठूला र ८ म्याग्निच्युडदेखि माथिका धक्कालाई महाभूकम्प भनिने उनले जानकारी दिए ।

गत वर्ष कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको ६.६ म्याग्निच्युडसहित एक वर्षको अवधिमा पश्चिम नेपालमा चार मझौला भूकम्प गएको उनले बताए । तिनका थुप्रै परकम्प मापन भइसकेको छ ।

“२०७९ कात्तिक २२ गते डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्योदेखि जाजरकोटको ६.४ म्याग्निच्युडको भूकम्पसम्म पश्चिम नेपालमा चारवटा मझौला भूकम्प गएको छ,” उनले बाह्रखरीसित भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro