site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा ‘मेगा’ भूकम्पको सम्भावना कायमै

काठमाडौं । सुदूरपश्चिम प्रदेशको डोटी केन्द्रविन्दु भएर बुधबार बिहान ६.६ म्याग्निच्युडको भूकम्प गयो । त्यसको केही घण्टाअघि डोटी केन्द्रविन्दु भएरै ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई छुट्टै भूकम्प थियो । त्यसले जनधनको क्षति गरेको छ । तर, जोखिम अझै टरेको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सो क्षेत्रमा भूकम्प जान सक्ने ठूलो शक्ति सञ्जय भएको छ । ठूलो भूकम्प गएर रिलिज हुनुपर्ने इनर्जी ५०० वर्षदेखि त्यहाँ सञ्चित भएर रहेको केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइराला बताउँछन् ।

उनका अनुसार वि.सं. १५०५ पछि त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । ‘मेगा’ भूकम्प नगएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्रमा अझै पनि ८ म्याग्निच्युडभन्दा माथिको भूकम्पको जोखिम कायमै रहेको उनले बताए । “१५०५ पछि त्यहाँ ठूलो भूकम्प गएको छैन, गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्रमा । त्यहाँ ठूलो भूकम्प जाने शक्ति सञ्जय भएको छ,” उनले बाह्रखरीसित भने, “त्यो ठूलो भूकम्प भनेको मेगा भूकम्पको कुरा हो । ८ भन्दा ठूलो भूकम्पको कुरा हो ।”

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ र त्यसपछिका परकम्पबाट सञ्चित शक्ति थोरै मात्र निस्किएको उनी बताउँछन् । उक्त भूकम्पले त्यहाँ सञ्चित शक्ति खासै रिलिज भएको भन्न नसकिने उनको बुझाइ छ । ६ म्याग्निच्युडको एउटा भूकम्पले त्यो शक्ति रिलिज नहुने उनी प्रस्ट पार्छन् ।

“६ को भूकम्पले त्यहाँ सञ्चित भएको इनर्जी त्यति धेरै निकाल्न सक्दैन । किनभने, ६ को भूकम्प ३० वटा गयो भने बल्ल ७ को एउटाबराबरको इनर्जी निस्किने हो,” उनले भने, “अनि, एक हजारवटा ६ को भूकम्प गयो भने एउटा ८ को भूकम्पबराबरको इनर्जी निस्किने हो । ६ को हजारवटा जानुपर्छ ८ को इनर्जी रिलिज हुनलाई ।” 

उनका अनुसार त्यस क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने शक्ति सञ्चित छ । तर, त्यो भूकम्प कहिले जान्छ भन्न सकिँदैन । बुधबारको भूकम्पले थोरै मात्र इनर्जी रिलिज गरेको उनले बताए ।

“त्यो क्षेत्र शक्ति सञ्जय भएको क्षेत्र हो । त्यहाँ अर्को भूकम्प जान सक्ने शक्ति सञ्चयचाहिँ छ । तर, त्यो भूकम्प आज जान्छ, भोलि जान्छ अथवा यसैगरी १५/२० वर्ष, ५० वर्ष नजाने हो, ठ्याक्कै भन्न सकिँदैन । त्यस्तो भन्न सक्ने प्रविधि विकास भएको छैन,” भूकम्पविद् कोइरालाले भने ।

उक्त क्षेत्रमा सञ्चित शक्ति कसरी, कहिले बाहिर निस्किन्छ भन्ने यकिनसाथ भन्न नसकिने उनी बताउँछन् । तत्कालै ठूलो भूकम्प जाने सक्ने वा नजान पनि सक्ने दुवै सम्भावना रहेको उनले उल्लेख गरे ।

“उक्त क्षेत्रमा ८ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने शक्ति सञ्चय भएको छ । तर, त्यो शक्ति साना यस्तै भूकम्प गएर रिलिज हुने हो वा ठूलो भूकम्प गएर रिलिज हुने हो, ठ्याक्कै भन्न सकिँदैन,” उनले भने ।

६ म्याग्निच्युडपछि तुरुन्तै ठूलो भूकम्प जान सक्ने वा सानातिना परकम्पहरू आएर केही वर्ष यत्तिकै रहन पनि सक्ने उनी सुनाउँछन् । केही समय सानातिना परकम्पहरू आएर सञ्चित ठूलो शक्ति क्रमशः रिलिज हुने अवस्थालाई समेत नकार्न नसकिने उनले बताए ।

उनले भने, “६ को भूकम्पले त्यहाँ जति शक्ति सञ्चय भएको छ, त्यो रिलिज गरेको छैन । त्योचाहिँ यत्तिकै केही वर्ष, महिनामा ६ को भूकम्पको आफ्टर शकबाट हराएर जान पनि सक्छ । अथवा, तुरुन्तै कुनै ठूलो भूकम्प जान पनि सक्छ । ठ्याक्कै यस्तै हुन्छ भनेर भन्न सकिन्न ।”

उनका अनुसार भूकम्पको कारण मानिनेमध्ये तिब्बतीयन प्लेट करिब–करिब स्थिर छ । इन्डियन प्लेट मुनितिर घुसिरहेको छ ।

“तिब्बतीयन भनेको कसैले युरोसियन पनि भन्छन्, त्यो प्लेट करिब–करिब स्थिर छ । इन्डियन प्लेटचाहिँ मुन्तिर धस्सिएर, मुन्तिर घुसिरहेको भन्ने छ । दुई सेन्टिमिटर प्रत्येक वर्षको दरले इनर्जी सञ्चित भएर रहिरहेको छ भन्ने छ,” उनले भने, “त्यो कतिखेर रिलिज हुन्छ भनेर भन्न सकिन्न । त्यही इनर्जी त्यहाँ सञ्चित भएको ५०० वर्ष भयो । ठूलो भूकम्प गएर रिलिज हुनुपर्ने इनर्जी ५०० वर्षदेखि त्यहाँ सञ्चित भएर रहेको छ ।

बुधबारको उक्त भूकम्पपछि बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प मापन गरिएको उनले जानकारी दिए । “आज बिहान ८ बजेसम्म ३०० वटा परकम्प त्यहाँ रेकर्ड भएको छ, १.७ देखि ३.९ म्याग्निच्युडसम्मको,” उनले भने । केन्द्रले ४ म्याग्निच्युडदेखि माथिका भूकम्पको तथ्यांक भने वेबसाइटमा सार्वजनिक गर्ने गर्छ ।

उनले उक्त भूकम्पको ०७२ को विनाशकारी गोरखा भूकम्पसित कुनै सम्बन्ध नभएको बताए । तर, प्रकृति एउटै भएको उनले जानकारी दिए ।

“गोरखा भूकम्पसँग यो रिलेटेडचाहिँ होइन । भूकम्पको प्रकृति एउटै हो, दुइटा प्लेटको जुधाइका कारणले हो,” भूकम्पविद् कोइरालाले भने, “गोरखा पनि इन्डियन प्लेट र तिब्बतीयन प्लेटको जुधाइले हो । त्यहाँ पनि इन्डियन प्लेट र तिब्बतीयन प्लेटको जुधाइले हो । तर, गोरखा भूकम्पसँग यसको सम्बन्ध छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro