site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोटमा अर्को धक्का, चार म्याग्निच्युडदेखि माथिका ६ परकम्प
भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिका–१, रिम्नास्थित सडकमा खसेको पहिरो । तस्बिर : सुरेश आचार्य/रासस ।

काठमाडौं । जाजरकोटमा फेरि ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आइतबारै बिहान ४ बजेर ५३ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

त्यसयता चार म्याग्निच्युडदेखि माथिका ६ परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । यीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।

केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४.२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४.३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

यस्तै, जाजरकोटमै शनिबार बिहान ४ बजेर १६ मिनेटमा ४.६ र शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.२ र आइतबार बिहान १ बजेर २२ मिनेटमा जाजरकोटमै ४ म्याग्निच्युड परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

शुक्रबार रातिको ६.४ म्याग्निच्युडको भूकम्पपछि हिजो बेलुका ६ बजेसम्म कुल २११ परकम्प मापन गरिएको खानी तथा भूगर्भ विभागले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro