काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका नागरिकका निम्ति निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकलाई आफ्नो घर जान सहज होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेलामा काठमाडौंबाट जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई सहज सेवा प्रदान गर्न निःशुल्क बसको व्यवस्था गरिएको बताए ।
जाजरकोट जाने बस काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताए ।
कम्पनीले दुःखद अवस्थामा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रीले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौं – ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०, मुग्लिन – ९८४५४७२३८४, दमौली – ९८५६०८९१८० र ९८५६०३६६६४ र पोखरा – ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ । रासस