अर्थ व्यवसाय
काठमाडौं । युवा उद्यमी एवं थ्रेड गार्मेन्टका प्रबन्ध निर्देशक कृष्णराज तिमिल्सिनाले जाजरकोट भूकम्प प्रभावितलाई ३०० थान ज्याकेट सहयोग गर्ने घोषणा गरेका छन् । उनले सरकारको दैवी प्रकोप उद्धार कोषमा नगद एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।
करिब पाँच लाख रुपैयाँबराबरका ३०० थान ज्याकेट आइतबार जाजरकोट पठाउने तयारीमा रहेको तिमिल्सिनाले बताए ।
कोभिड–१९ का बेला पनि उनले पीपीई बनाएर विभिन्न अस्पताललाई निःशुल्क रूपमा वितरण गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० २१:४४
प्रतिक्रिया दिनुहोस्