राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पपीडितको उद्धार र राहतका निम्ति सात लाख ११ हजार रुपैयाँको कोष स्थापना गर्ने भएको छ ।
शनिबार काठमाडौंमा बसेको संघको बैठकमा प्रत्येक सदस्यबाट एक हजार रुपैयाँका दरले रकम संकलन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए ।
यस्तै, संघले डा. नरेश भट्टको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको छ ।
केन्द्रीय सदस्य अवस्थीका अनुसार यही कात्तिक २० र २१ गते गर्ने भनिएको पदस्थापना कार्यक्रम पनि स्थगन गरिएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १९:१४
प्रतिक्रिया दिनुहोस्